सिरहा । ११५ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस २०२५ को अवसरमा “श्रमिक महिलाहरूको अधिकार सुनिश्चितताका लागि सरोकारवालाहरूको भूमिका” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो। उक्त कार्यक्रममा सिराहा नगरपालिकाले युवा, बालबालिका तथा महिलाहरूको न्यायका क्षेत्रमा पुर्याएको महत्वपूर्ण योगदानको उच्च कदर गर्दै सामाजिक अभियन्ता एवं प्रदेश युवा संजाल मधेश प्रदेशका अध्यक्ष मो. नइम राईनलाई सम्मानित गरेको छ।
सम्मानप्रति आभार र प्रतिबद्धता: सिराहा नगरपालिकाबाट सम्मानित भएपछि राईनले भने, “यस सम्मानले मलाई अझै जिम्मेवार बनाएको छ। श्रमिक महिलाहरूका अधिकार, बालबालिकाको न्याय, तथा युवाहरूको सशक्तीकरणका लागि म अझ सशक्त रूपमा अगाडि बढ्नेछु। समानता, न्याय र मानव अधिकारका लागि मेरो यात्रा निरन्तर रहनेछ।
“उनको नेतृत्वमा थुप्रै युवा अभियान, जनचेतनामूलक कार्यक्रम, तथा सामाजिक परिवर्तनका गतिविधि सञ्चालन हुँदै आएका छन्। राईनको प्रमुख योगदानहरू: जातीय भेदभाव विरुद्ध संघर्ष,बालबालिकाको न्याय र संरक्षणका लागि पैरवी,श्रमिक महिलाहरूको अधिकार सुनिश्चित गर्न अभियान सञ्चालन,युवाहरूको सशक्तीकरण तथा नेतृत्व विकासमा योगदान।


समाज रूपान्तरणका लागि निरन्तर सक्रियता : राईनले यसअघि पनि “मधेशको हिरो”, “भोलिन्टियर अवार्ड”, “मानव अधिकार पुरस्कार” जस्ता सम्मानहरू प्राप्त गरिसकेका छन्।
राईनका प्रतिबद्धता:सिराहा नगरपालिकाले गरेको यो सम्मानलाई उनले जिम्मेवारीका रूपमा लिएका छन्। उनले आगामी दिनमा श्रमिक महिलाहरूको हकहित, बालबालिकाको सुरक्षा, र युवाहरूको नेतृत्व विकासका लागि अझ सशक्त रूपमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

“मेरो लक्ष्य स्पष्ट छ— न्याय, समानता, र मानव अधिकारको रक्षा। समाजलाई सकारात्मक दिशामा अघि बढाउन म निरन्तर क्रियाशील रहनेछु,” उनले भने।
यस सम्मानका लागि सिराहा नगरपालिकालाई पुनः धन्यवाद तथा अभियानमा साथ दिँदै आउनुभएका सम्पूर्ण सहयोगीहरूलाई हार्दिक आभार व्यक्त गरेका हुन।
उनको यो योगदानले सिराहा मात्र नभई समग्र मधेश प्रदेश र नेपालभरका युवाहरूलाई प्रेरित गरिरहेको छ।



