आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा महोत्तरीमा एक जना पक्राउ परेका छन् ।
२४ वर्षीया सुधीरा देवी यादवको हत्या गरेको अभियोगमा औरही नगरपालिका-७ भोईल बस्ने ३२ वर्षीय सत्यनारायण यादवलाई प्रहरीले शुक्रबार बिहान पक्राउ गरेको हो ।

बलवा नगरपालिका-५ मनसिस्वा टोलमा सत्यनारायणले गएराति इँटा प्रहार गर्दा सुधीरा देवीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ
उनको हत्या भएको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बलवाबाट खटिएको प्रहरीले सत्यनारायणलाई पक्राउ गरेको हो ।




