सिरहा । सिरहाको गोलबजारबाट प्रहरीले कडा खालको मानिने प्रतिबन्धित लागुऔषध खैरो हिरोइनसहित दुई युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा गोलबजार नगरपालिका– ६ का २९ वर्षीय सुवर्णमणि पाण्डे र ३७ वर्षीय काशी साह रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

सिरहा प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानका अनुसार पक्राउ परेका पाण्डेको साथबाट १२ वटा स–साना कालो प्लास्टिकको टुक्रामा प्याक गरिएको प्लास्टिकसहित एक ग्राम ८४० मिलिग्राम लागुऔषध खैरो हिरोइनजस्तो देखिने पदार्थ बरामद भएको छ।

इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरी टोलीले मधेश प्रदेश ०२–००८ प०७३८ नम्बरको मोटरसाइकल रोकेर कुराकानी गरिरहेका पाण्डे र साहमाथि शंका लागेर नियन्त्रणमा लिई चेकजाँच गर्दा पाण्डेले लगाएको ज्याकेटको खल्तीमा हिरोइन बरामद भएको उनले बताए। उनका अनुसार मोटरसाइकलसहित पक्राउ गरिएका दुवैजनालाई सिरहा जिल्ला अदालतबाट म्याद लिई थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!