सिरहा — नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्र राय यादवले मधेशवादी दलहरू बहुरूपिया भएको आरोप लगाएका छन् ।

माओवादीको जनजागरण अभियानका क्रममा सिरहामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन् ।

मधेशवादी दलहरूले मधेशलाई सधैं प्रयोग गर्दै सत्तामा गएर मोजमस्ती गर्ने काम मात्र गरेको उनको आरोप छ । ‘मधेशका लागि राजनीति गर्छु भन्ने यहाँका दलहरू बहुरुपिया हुन्,’ उनले भने, ‘यहाँका जनतालाई सधैं प्रयोग गरेर उनीहरूले मोजमस्ती गरे ।’

नेपालमा राजनीतिक परिवर्तनमा मधेशवादी दलहरूको योगदान भएपनि प्राप्त उपलब्धिको लालनपालन गर्ने सामर्थ्य भने उनीहरूको नरहेको उनको दाबी थियो । यो काम माओवादीबाटै सम्भव भएकोले आफूले माओवादीको अभियानलाई समर्थन गरेको उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!