जनकपुरधाम । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् मधेश प्रदेशले एक औपचारीक कार्यक्रम गरी ३७ औं वार्षिक उत्सव मनाएको छ ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् मधेश प्रदेशको आयोजनामा विद्यार्थीहरुले जनकपुरमा प्रभातफेरि, रक्तदान र वृक्षारोपन कार्यक्रम गरेको छ ।

प्रभावतफेरि कार्यक्रम पश्चात सञ्चारकर्मीहरुसंग कुराकानी गर्दै सीटीइभीटी, मधेश प्रदेश कार्यालयका निर्देशक नागेन्द्र साहलेृ प्राविधिक शिक्षाको औचित्य पुष्टि नभइरहेकोले विद्यार्थीलाई यस प्रति आकर्षण बढाउने उद्देश्यका साथ जनकपुरभरि जुलुस निकालेको बताए । उनले विदेश जानेहरु अधिकांश लेबरको काममा जाने गरेकोले यो एउट ठूलो बिडम्बना भएको धारणा राखे । उनले प्राविधिक सिप आर्जन गरेर मात्र केही महिनाको तालीम लिएर एउट पलम्बरको काममा विदेश जाने हो भने लेबरको कामभन्दा कयौं गुणा बढी पैसा कमाउन सक्ने बताए । उनले आफ्नै देशमा अहिले धारा मर्मत गर्ने मान्छे पाउन कठिन भएको सुनाए ।

प्रभातफेरि कार्यक्रममा १५ वटा संस्थाका विद्यार्थीहरू सहभागी भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!