काठमाडौं : नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालले पार्टी  सानो छ, केही गर्न सक्दैन भन्नेजस्ता निराशावादी कुरा गर्नेहरूलाई मुखभरिको जवाफ दिनुपर्ने बताएका छन्। शुक्रबार ललितपुरमा सुरू भएको पार्टीको केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले  काम,गतिविधि र व्यवहारबाट पार्टीलाई सशक्त अघि बढाउने दावी  गरे।

‘हाम्रो पार्टीलाई सानो छ भन्ने निराशावादी सोचबाट मुक्त भएर,अनि  यो पार्टी पनि चल्छ र ? भनेर निराशावादी कुरा गर्नेहरूलाई मुखभरिको जवाफ दिएर काम, गतिविधिहरू र व्यवहारबाट चलेर देखाउनेछौं। विगतमा गरेर देखाएका थियौं,’अध्यक्ष नेपालले भने,’क्रान्ति गर्न सक्दैनन्, आन्दोलन गर्न सक्दैन भनेर पार्टीभित्र पनि निराशावादी कुरा  गर्नेहरू  थिए। उनीहरूको कुरालाई गलत सावित गरेर नेपालको इतिहासमा नै नयाँ युगको सुरूवात गरेका हौं।’

उनले पार्टीलाई गतिशील बनाउँदै जनताको सेवामा लाग्नुको विकल्प नभएको बताए। अध्यक्ष नेपालले सबै खालका विकृति-विसंगति,शोषण र पीडितको न्यायको पक्षमा उभिन पनि आह्वान गरे। उनले भने,’आत्मविश्वासको साथ देश विकासका लागि, सबै खालका विकृति-विसंगतिविरुद्ध, सबैखालका शोषण र  पीडितका पक्षमा दृढताका साथ उभिन आह्वान गर्दछु।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय