काठमाडौं – कक्षा १२ को वार्षिक परीक्षा आगामी २०८२ वर्षको वैशाख ११ गतेदेखि सञ्चालन हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले सोमबार सार्वजनिक गरेको परीक्षा तालिका अनुसार, यो परीक्षा २४ गतेसम्म चल्नेछ।

परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म हुनेछ र यो तालिका साधारण र परम्परागत धारतर्फका नियमित र आंशिक विषयका विद्यार्थीहरूका लागि लागू हुनेछ।

परीक्षामा मोबाइल फोन, स्मार्ट घडी, र अन्य इलेक्ट्रोनिक्स उपकरण ल्याउन निषेध गरिएको बोर्डले जनाएको छ। परीक्षा सञ्चालनको तयारी पूर्ण रहेको र बोर्डले आफ्नो वार्षिक कार्यतालिकाअनुसार परीक्षा गर्ने निर्णय गरेको छ।

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा माघ ३० गतेसम्म परीक्षा आवेदन फाराम भर्ने समय तोकेको थियो। परीक्षा तालिका सार्वजनिक भएकोसँगै विद्यार्थीहरूलाई तयारीमा ध्यान दिन आह्वान गरिएको छ।

परीक्षामा सहभागी हुन चाहने सबै विद्यार्थीहरूलाई बोर्डले सफल र निष्पक्ष परीक्षा दिने प्रतिबद्धता जनाउँदै तयारीको अन्तिम चरणमा रहेको जानकारी दिएको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!