नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) सोमबार बिहान मधेस प्रदेशको राजधानी जनकपुर पुगेका छन्।

महोत्तरीको बर्दिबास नगरपालिका- ३ मा रहेको आधारशिला (कम्युन)को २२ औं वार्षिकोत्सवलाई सम्बोधन गर्न प्रचण्ड मधेस गएका हुन्।

आधारशिला माओवादी नेता-कार्यकर्ताको सामूहिक बसोबाससहितको संस्था हो। माओवादी उपमहासचिव गिरिराजमणि पोखरेल नेतृत्वको यो संस्थामा एक दर्जन भन्दा धेरै परिवारको सामूहिक बसोबास छ।

वार्षिकोत्सवको अवसरमा हुन लागेको वैचारिक तथा सांस्कृतिक समारोहलाई प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम रहेको आधारशिलाले जनाएको छ।

आजै जनकपुरमा हुने माओवादीकाे मधेस प्रदेशका केन्द्रीय सदस्यहरुको बैठकलाई पनि प्रचण्डले  सम्बोधन गर्ने कार्यक्रम रहेको उनकाे सचिवालयले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!