जनकपुरधाम। धनुषाको कमला नगरपालिका २ माची झिटकैया माध्यमिक विद्यालयमै प्रधानाध्यापक र शिक्षकबीच हात हालाहाल भएको छ ।

पेशकीको विषयलाई लिएर प्रधानाध्यापक जगरनाथ यादव र शिक्षक रोहित यादवबीच धक्कामुक्की भएको हो ।

आमा बितेको र शिक्षक रोहितले पेशकी मागेको विषयमा दुवै जनाबीच विवाद भएको थियो । त्यस विषयमा विवाद बढ्दै जाँदा गालीगलोज र धकेलाधकेल हुँद‌ै हात हालाहालको स्थिति आएको थियो । त्यसक्रममा त्यहाँ उपस्थिति शिक्षकहरूले दुवैलाई छुटाउने प्रयास गरेका थिए ।

प्रधानाध्यापक जगरनाथले भने रोहितले ५० हजार रुपैयाँ माग्दा नियमानुसार २५ हजार मात्र दिन सक्ने भनेपछि आफूमाथि आक्रमण गर्न खोजेको बताए । त्यक्रममा समान्य विवाद मात्र भएको उनको दावी छ ।

यता वडाध्यक्ष ठक्कु यादवले आफू जाँदा पेशकीको विषयमा समान्य विवाद भएको भन्ने थाहा पाएको बताए ।

‘दुवै जनालाई सम्झाई बुझाइ गरे । केही समस्या भए निवेदन दिन भनेको छु’ उनले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!