
जनकपुरधाम – महोत्तरीमा धारिलो हतियार प्रहार गरी एक महिलाको हत्या गरिएको छ।
जिल्लाको गौशाला नगरपालिका ८ का अभिषेक यादवकी १८ वर्षीया श्रीमती खुश्बु यादवको हत्या भएको प्रहरीले जनाएको छ।

आइतबार गौशाला–५ मा हत्या भएको अवस्थामा खुश्बुको शव फेला परेको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक सूर्यबहादुर राना मगरले जानकारी दिए।
उनका अनुसार महिलाको टाउको र घाँटीमा धारिलो हतियार प्रहार गरिएको छ। घटनापश्चात मृतकका श्रीमान्, सासुलगायत फरार छन्।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।