
काठमाडौं : नेपाली कांग्रेस संसदीय दलको बैठक जारी छ। संसद भवनको ल्होत्से हलमा कांग्रेसको संसदीय दलको बैठक जारी छ। बैठकमा आजदेखि सुरू हुने हिउँदे अधिवेशनमा पार्टीका सांसदहरूको प्रस्तुतिलगायत समसामयिक राजनीतिक विषयमा छलफल गर्न बैठक बोलाइएको हो।
संसद बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ। हिउँदे अधिवेशनको पहिलो बैठकमा प्रधानमन्त्रीसहित पार्टीका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ। यसैगरी बैठकमा सरकारले ल्याएका ६ वटा अध्यादेश प्रस्तुत हुने कार्यसूचि रहेको छ।

सत्तापक्ष पछिल्लो समय सरकारले ल्याएका ६ वटा अध्यादेश पारित गर्ने तयारीमा छ भने प्रतिपक्षी प्रक्रिया मिचेर बदनियतपूर्ण तरिकाले ल्याएको अध्यादेश रोक्नुपर्ने माग गरिरहेको छ।