काठमाडौं । अमेरिकाको राजधानी वासिङ्टन डीसीमा विमान हेलिकोप्टरसँग ठोक्किएको छ ।

यो जानकारी सङ्घीय उड्डयन प्रशासनले दिएको हो ।

यस विषयमा अनुसन्धान भइरहेको बताइएको छ । स्थानीय समयअनुसार राति ९ बजे रेगन वाशिङटन राष्ट्रिय विमानस्थलनजिकै दुर्घटना भएको हो ।

विमान हेलिकोप्टरसँग ठोक्किएर पोटोमाक नदीमा खसेको थियो ।

रेगन एअरपोर्टले सोशल मिडिया प्लेटफर्म एक्समार्फत सबै उडानहरू तत्कालका लागि रोकिएको बताएको छ ।

अमेरिकी एअरलाइन्सले विमानमा ६० यात्रु र चार चालक दलका सदस्य रहेको पुष्टि गरेको छ । “हामी ती सबैको बारेमा चिन्तित छौं,” एअरलाइनले भन्यो, “हामी अधिकारीहरूसँग निरन्तर सम्पर्कमा छौं । आपत्‌कालीन टोलीलाई मद्दत गर्दैछौँ ।”

वाशिङ्गटन डीसीको आपत्‌कालीन उद्धार टोली रेगन राष्ट्रिय विमानस्थलमा पुगेको छ ।

डीसी फायर र ईएमएस विभागकाअनुसार विमान हेलिकोप्टरसँग ठोक्किएपछि पोटोम्याक नदीमा खसेको हो । विभागले एक्समार्फत फायरबोटहरू नदीमा खोजी कार्य भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!