
आउँदै गरेको भ्यालेन्टाइन सिजनको अवसरमा सामसङ नेपालले ग्यालेक्सी जेड सिरिजका फोल्डेबल र ग्यालेक्सी एस २४ अल्ट्रा स्मार्टफोनको मूल्य घटाएको छ ।
भ्यालेन्टाइन सिजनमा ग्यालेक्सी जेड फोल्ड ६, ग्यालेक्सी जेड फ्लिप ६ वा ग्यालेक्सी एस २४ अल्ट्रा (१२÷२५६ जीबी) आफ्नो प्रियजनहरुलाई गिफ्टको रुपमा खरिद गर्न चाहने ग्राहकहरुले सो खरिदमा २५ हजारसम्मको बचत गर्न सक्नेछन् ।

यस प्राइस् ड्रपका साथै ग्यालेक्सी जेड फोल्ड ६ को खरिद गर्दा ५ हजार ४९९ रूपैयाँ पर्ने क्लियर केस र ग्यालेक्सी जेड फ्लिप ६ को खरिदमा ५ हजार ४९९ रूपैयाँ मूल्य रहेको सिलिकन केस पनि ग्राहकहरुले निःशुल्क प्राप्त गर्न सक्ने छन् ।
साथै, देशभरका आधिकारिक सामसङ स्टोरहरूमा उपलब्ध सामसङ इनस्टा फाइनान्स सेवाबाट तपाईँले ग्यालेक्सी जेड सिरिजका स्मार्टफोनहरूलाई १८ महिनासम्म र ग्यालेक्सी एस २४ अल्ट्रालाई १२ महिनासम्मको अवधि भित्र ०% ब्याज दरमा सजिलो ईएमआईमा प्राप्त गर्न सकिने छ ।
यस्तो छ छुट मूल्य
Model | RRP | Bundling | |
Old Price | New Price | ||
Z Fold6 – 12/512GB | 249,999 | 229,999 | Clear case(Free) |
Z Fold6 – 12/256GB | 234,999 | 214,999 | Clear case (Free) |
Z Flip6 – 12/256GB | 154,999 | 139,999 | Silicone Case (Free) |
S24 Ultra – 12/256GB | 184,999 | 159,999 | N/A |