
मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले देशमा शिक्षाको सुधारका लागि विद्यालयहरुबाट विद्यालय व्यवस्थापन समिति हटाउनु आवश्यक रहेको बताएका छन् ।
प्रधानाध्यापकहरुको संगठन प्रिन्सिपल एसोसिएसन अफ नेपालले माघ १२ गते शनिवार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले विद्यालय व्यवस्थापन समितिका कारण विद्यालयमा राजनीति हुने गरेको र यसले शैक्षिक गुणस्तर खस्किरहेको बताए । उनले विद्यालय व्वस्थापन समितिकै कारण आसेपासेलाई, नातागोतालाई शिक्षकमा भर्ती हुने गरेको बताए । यसकालागि प्रधानाध्यापकहरु स्वयं जिम्मेबार रहेको बताए तसर्थ यो परिपार्टी सुधार गर्न विद्यालय व्यवस्थापन समिति हटाउनु आवश्यक रहेको मुख्यमन्त्री सिंहले बताए ।