
सिरहा । राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लिमिटेड लहान, सिरहाको छैठौंँ वार्षिक साधारण सभा सिरहा क्षेत्र नं. १ का संघीय सांसद राम शंकर यादवको प्रमुख आतिथ्यमा शनिबार सम्पन्न भएको छ ।
राष्ट्रसेवक सहकारीमा कुल सदस्य २०७ जना, कुल शेयर पुँजी १० लाख, ८५ हजार ९ सय, कुल वचत रकम ३२ लाख १२ हजार ३०५।७३, ऋण लगानी ३१ लाख ९४ हजार ८४३ र पुँजी तथा दायित्व ४४ लाख ४५ हजार ९१९।५६ रहेको छ ।

साधारण सभामा अध्यक्ष रञ्जित कुमार यादवले प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/०८१ को यथार्थ आय व्यय विवरण एवं आर्थिक वर्ष २०८१÷०८२ को प्रस्तावित आर्थिक प्रतिवेदन र चालु आव २०८१/०८२ को लागि प्रस्तावित वार्षिक कार्यक्रमहरु छलफलबाट पारित भएको छ ।
साथै राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्थाले सदस्यता कार्यविधि २०८१, वचत कार्यविधि २०८१, ऋण व्यवस्थापन कार्यविधी २०८१, छलफल गरि पारित भएको छ ।
उत्कृष्ट बचतकर्ता र उत्कृष्ट कारोबार गर्ने शेयर सदस्य लगायतलाई सम्मान गरिएको थियो ।