चितवन । चितवनको भरतपुरमा प्रहरीले एक व्यक्तिमाथि निर्घात कुटपिट गरेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । प्रहरीले कुटपिट गरेको भिडियो भाइरल भएपछि प्रहरीले अनुसन्धान गर्न सुरु गरेको छ ।

चितवनका प्रहरी प्रमुख एसपी गौतम मिश्रका अनुसार घटनाको सत्यतथ्य पत्ता लगाउन अनुसन्धान गर्न थालेको हो । भरतपुरको बाइपास रोड क्षेत्रमा रातको समयमा प्रहरीले निर्घात कुटपिट गरिरहेको सार्वजनिक भएको भिडियोमा देख्न सकिन्छ ।

मोटरसाइकलको लाइसेन्स चेक गरिरहेको र त्यसपछि सडकपेटी छेउमा सेतो सर्टमा रहेका मानिसलाई प्रहरीले बुटले पटकपटक हानेको भिडियोमा छ ।
यो भिडियोमा प्रहरीले गरेको कार्यको सर्वसाधारणले चासोको रूपमा लिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!