
मधेश आन्दोलनको १८ औं वार्षिकीको अवसरमा मधेश प्रदेशका युवाहरु आज दिप प्रजलन गरेर बलिदानी दिवस मनाएका छन् ।
सिरहाको लहानमा २०६३ साल माघ ५ गते रमेश महतोको सहादत भएको दिनलाई सम्झना गर्दै यो दिवस मनाइने गरिएको छ। महतो मधेश आन्दोलनका प्रथम शहीद हुनुहुन्छ । अन्तरिम संविधान, २०६३मा संघियताको उल्लेख नभएकोले प्रथम मधेश आन्दोलन शुरु भएको थियो। आन्दोलनका क्रममा २०६३ माघ ५ गते आन्दोलनकारी र माओवादी कार्यकर्ता बिच झडप हुँदा माओवादी पक्षले चलाएको गोली लागेर उहाँको मृत्यु भएको थियो । उहाँको मृत्यु भएसँगै आन्दोलन चर्किएको थियो र अन्तरिम संविधानलाई संशोधन गरी नेपाललाई संघीय राज्यमा रुपान्तरित गर्ने बाटो खुलेको थियो। त्यस यता प्रत्येक वर्ष माघ ५ गतेलाई मधेशीहरूले बलिदान दिवसका रूपमा मनाउने गरेका छन् ।

प्रदेश युवा संजाल मधेश प्रदेशका अध्यक्ष मो• नइम राईनले मधेश आन्दोलनका शहिदहरुको प्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरेका छन। कार्यक्रममा गण्डकी प्रदेश युवा संजालका अध्यक्ष, बागमती प्रदेश, मधेस प्रदेश र कोशी प्रदेशका युवाहरु कार्यक्रममा उपस्थित थियोे । बागमती प्रदेश,मधेस प्रदेश र कोशी प्रदेशका युवाहरु नागरिक संलग्नता, राजनीतिक सहभागिता र चुनावी सुधारमा युवाहरूलाई सशक्त बनाउने कार्यक्रम चितवनको सौराहामा भेला भएका थिए साेही अवसरमा प्रदेश युवा संजाल मधेश प्रदेशका अध्यक्ष मो• नइम राईनकाे नेतृत्वमा युवाहरुले मधेश आन्दोलन लाई सर्थन गर्दै उहाँहरूले एकिबद्दता पनि जनाएकाे छ ।