काठमाडौं । कोशी प्रदेशको राजधानी विराटनगरमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज (शनिबार) बिहानै मर्निङवाकमा निस्किए । राति छोरी गंगाको घरमा बसेका उनले बिहानै कार्यकर्तासँगै मनिङ्वाक गरेका हुन् ।

प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका प्रचण्डले मर्निङवाकपश्चात् थारू (राजवंशी) समुदायको खाना भक्काको स्वाद लिएका थिए ।

‘राजवंशी समुदायको भक्काको स्वादसँगै आजको दिनको सुरुवात गरेको छु । आज दिनभरजसो मोरङका जनसमुदायसँगको साक्षात्कारमा रहने छु,’ उनले सामाजिक सञ्जालमा तस्वीर राख्दै लेखेका छन् ।

जिल्ला दौडाहाको क्रममा रहेका पूर्वप्रधानमन्त्री प्रचण्ड अन्य ठाउँमा जाँदा पनि मर्निङवाक गरिररहेको देखिने गरेका छन् ।

उनले आज बिहान ९ देखि १० बजेसम्म विराटनगर–१९ मा रहेको गिरिजाप्रसाद कोइराला क्रिकेट रङ्गशालाको अनुगमन गर्ने कार्यक्रम छ ।

अन्य केही काममा पनि सहभागी भएर प्रचण्ड आजै काठमाडौं फर्कने उनको सचिवालयले जनाएको छ ।

प्रचण्डको विराटनगर बसाइ हेरौँ तस्वीरहरूमा :

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!