जोहानेसबर्ग ।  दक्षिण अफ्रिकाको एक अवैध सुन खानीबाट तीन दिनको उद्धार कार्यमा जम्मा २४६ जीवित र ७८ जनाको शव निकालिएको छ।

बुधवार राती जारी गरिएको विज्ञप्ति अनुसार दक्षिण अफ्रिकी प्रहरी सेवाले उत्तर पश्चिम प्रान्तको स्टिलफन्टेन खानीमा सोमबारदेखि सुरु भएको उद्धार अभियानबाट २४६ अवैध खानीमा काम गर्नेहरूलाई भूमिगतबाट जीवितै निकालिएको र उनीहरूलाई पक्राउ गरिएको बताएको छ।

बरामद गरिएको शवको संख्या भने ७८ पुगेको छ । ‘यस चरणमा अपरेसन रद्द गरिँदैन, हामी पूर्ण रूपमा निश्चित नभएसम्म यो अप्रेसन जारी रहनेछ,’  प्रवक्ता एथलेन्डा माथेले भनिन् । तर, उद्धार कार्यमा संलग्न स्वयंसेवकहरूले भूमिगत स्थानमा कुनै पनि जीवित व्यक्ति वा शव नभएको सञ्चारमाध्यमलाई बताएका छन् तर उनले अझै खोजबिन गर्नु पर्ने जनाएकी छिन् ।

माथेका अनुसार लफन्टेनमा सञ्चालनको लागि जिम्मेवार खानी उद्धार सेवाले बिहीबार बिहान पनि भूमिगत पिंजरा पठाउनेछ ताकी कोही अवैध खानीमा पिंजरासँग पुनः देखा पर्न सक्छ कि सक्दैन भनेर हेर्नेछ  ।

‘हामी खानी उद्धार सेवामा भर पर्नेछौं, उनीहरूको अत्याधुनिक उपकरणहरूको साथ यो पुष्टि गर्न जरूरी छ, यसले हामीलाई भूमिगत तहमा के भइरहेको छ भन्ने तस्वीर दिन सक्षम हुनेछ,’ उनले भनिन, ‘हामीले सङ्केत गरेका छौं कि हामीले यसलाई प्रमाणित गर्नुपर्दछ ।’

यीनीहरू लगभग दुई महिना देखी सुनखानीमा फसेको जनाइएको छ । यद्यपि, त्यो बारेमा अनुसन्धान जारी रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!