एजेन्सी । बलिउड अभिनेता सैफ अली खानमाथि चक्कु प्रहार भएको छ। अज्ञात व्यक्तिले गए राति उनीमाथि चक्कु प्रहार गरेका हुन्। एक अज्ञात व्यक्ति खानको बान्द्रास्थित घरमा प्रवेश गरेपछि सैफ र ती व्यक्तिबीच हातपात भएको थियो।

सोही क्रममा खान चक्कु प्रहारबाट घाइते भएका बीबीसी हिन्दीले जनाएको छ। सैफ अली खानलाई लीलावती अस्पतालमा भर्ना गरिएको छ। अहिले उनको उपचार भइरहेको छ। हाल उनी खतरामुक्त रहेको अस्पतालले जनाएको छ। प्रहरीले आक्रमणकारीको खोजी गरिरहेको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!