काठमाडौँ । प्रहरीले काठमाडौंको काँडाघारीबाट रक्तचन्दन (रातो काठ) सहित २ जनालाई पक्राउ गरेको छ ।  उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सूचनाका आधारमा उक्त काठसहित बुधबार २ जनालाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार बोरामा प्याक गरेर राखिएको अवस्थामा राखिएको ४३२ केजी रातो काठ बरामद गरेको हो । उक्त काठसहित रमेश थापा र ज्ञान बहाददुर तिमिल्सिनालाई पक्राउ गरेको अपराध अनुसन्धान कार्यालयका एसपी काजीकुमार आचार्यले जानकारी दिए ।

पक्राउ परेका थापा कापमनपा वडानम्बर १४ र तिमिल्सिना सिन्धुपाल्चोक ठेगाना रहेको प्रहरीले जनाएको छ । यसबारे थप अध्ययन जारी रहेको पनि प्रहरीले बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!