बलिउड अभिनेत्री मनिषा कोइरालाले शाहरूख खानको सल्लाहमा घर किनेको बताएकी छन्।

हालै उनले एक अन्तर्वार्तामा शाहरूखले उनलाई मुम्बईमा घर किन्ने सल्लाह दिएको बताएकी हुन्। ताकि भारतमा उनलाई आफ्नै घर जस्तै महसुस होस्।

पिंकभिलासँग कुराकानी गर्दै मनिषाले भनेकी छन्, ‘शाहरूख सुरूआतदेखि नै मेरो राम्रो साथी हुन्। म करिब दुई वर्षअघि मुम्बई आएको थिएँ। त्यतिबेला शाहरूखले मुम्बईमा घर किन्न सल्लाह दिएका थिए। हामी दुवै जना बाहिरबाट मुम्बईमा आएका हौं। मुम्बईमा घर बनाएपछि आफ्नै घर जस्तो महसुस हुन्छ।’

मनिषाका अनुसार उनलाई मुम्बई घर किन्ने सल्लाह दिने शाहरूख खान पहिलो व्यक्ति थिए।

मनिषा कोइराला र शाहरूख खानले सन् १९९८ मा रिलिज भएको फिल्म ‘दिल से’ मा एकसाथ काम गरेका थिए। मनिषा पछिल्लो समय सञ्जयलीला भन्सालीको वेब सिरिज ‘हीरामन्डी: द डायमन्ड बजार’ मा देखिएकी थिइन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!