सिरहा । मधेशको लाईफलाईन रहेको हुलाकी राजमार्गको सञ्जाललाई जोड्न कमला नदीमा पक्की पुल निर्माणमा ढिलाई भईरहेको छ । भाँसिएको पक्की पुल निर्माणलाई तिव्रता दिन नसक्दा सवारी साधन अगामी वर्षा अगावै गुड्ने सम्भावना क्षीण बन्दै गईरहेको छ ।

विगत १३ वर्षदेखि कमला नदीमा पक्की पुल निर्माण जारी रहेको छ । निर्माणको अन्तिम चरणमा रहेको बेला पुल समान्य वाढीमा भाँसिएको थियो । तीन वर्ष अघि वाढीमा पुलको पाया भाँसिएपनि त्यसको निर्माणमा प्राविधिक र नीतिगत निर्णय गर्न नसक्दा ढिलाई भईरहेको छ । निर्माण कम्पनी लुम्बिनी बिल्र्डसले पुललाई पूर्णता दिने गरी प्राविधिक उपकरण, जनशक्ति परिचालन र सामग्री बन्दोवस्ती गर्न नसक्दा पुल निर्माण पर थकेलिएको छ ।

कमला नदीमा पक्की पुल निर्माण गर्न २०६८ मा सम्झौता भएको थियो । ४६९.२ मिटर लम्बाईको पुल ३० मंसिर २०७१ सम्म निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको थियो । पुल बनाउन २४ करोड ९० लाख ९७ हजार दुई सय रुपैयाँमा पप्पु कन्स्ट्रक्शन–लुम्बिनी बिल्र्डस जेभीले सम्झौता गरेको थियो । सम्झौता अनुसार पुल निर्माण नहुँदा नागरिकले सास्ती खेप्दै आईरहेका छन् ।

भाँसिएको पुल बनाउन निर्माण कम्पनीले ढिलाई गर्दा त्यसको असर सिरहा र धनुषाका नागरिकले भोग्नु परिरहेको छ । त्यससँगै हुलाकी राजमार्गको कनेक्शन नै अबरुद्ध भएको छ । कमला नदीमा भाँसिएको पुल मर्मत र नयाँ पुल निर्माण गर्न गर्दै इन्जिनियर प्रविण यादव नेतृत्वमा जनकपुरधाममा आमरन अनसन गरिएको थियो । आमरन अनसनपछि नयाँ पुल निर्माणको निम्ति वाटो खुलेको छ ।

पूरानो पुललाई यथास्रिघ निर्माण गर्ने गरी नयाँ पुलको सम्भव्यता अध्ययन गर्न सहमती आफूहरुले जनाएको आमरन अनसनको नेतृत्व गरेका इन्जिनियर यादवले बताए । भाँसिएको पुल बनाउन पनि निर्माण कम्पनी वेवास्ता र ढिलाई गरिरहेको भन्दै उनले सरकारी उदासिनताकै कारणले यस्तो भईरहेको बताए । आफूहरुले यसका निम्ति सकारात्मक दबाब दिई रहेको भन्दै इन्जिनियर यादवले सरकारी पक्षले जवाफदेही बन्दा निर्माणले गति लिन सक्ने बताए ।

यता मधेश प्रदेश सरकार मार्फत नयाँ पुल निर्माणको निम्ति प्राविधिक परीक्षणको काम भईरहेको छ । हुलाकी राजमार्गदेखि करिब ८ सय मीटर उत्तरमा प्रदेश लोकमार्ग अन्र्तगत पुलको सर्वे पूरा भएको इन्जिनियर यादवले बताए । ‘डिपिआर बनाउने क्रममा छ । पुल निर्माण गरिने स्थानको सर्भे कार्य सकिएको छ,’ इन्जिनियर यादवले भने,‘एलआरडिपी कार्यक्रम अन्र्तगत सर्भे लगायतका कम भएको छ । अब विस्तृत रिर्पोट तयार गरी बुझाउने छ ।’
त्रुटिपूर्ण डिजाइन र गुणस्तरहीन कामका कारण कमला नदीमा आएको सामान्य भेलले भासिएको यो पुलको पुनर्निर्माणको अन्योलबीच तत्कालीन मन्त्री एवं हालका भौतिक पूर्वाधारमन्त्रीहरू दलबलसहित यहाँ आएर चाँडै पुल बनिसक्ने आश्वासन दिएर फर्केका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!