काठमाडौंबाट भद्रपुर उडेको बुद्ध एयरको जहाजमा प्राविधिक समस्या देखिएपछि काठमाडौं फर्काइएको छ ।
उडान नम्बर ९५३, कल साइन (एन-एजेएस)को दायाँ इञ्जिनमा समस्या देखिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षित अवतरण गराइएको हो ।
जहाज बिहान सवा ११ बजे सुरक्षित काठमाडौं अवतरण गरेको बुद्ध एयरले जनाएको छ ।
सामाजिक सञ्जाल एक्समार्फत् बुद्ध एयरले भनेको छ, ‘प्राविधिक समस्या समाधानका लागि टेक्निकल टिमले जहाजको चेकजाँच गरिरहेको छ ।’
समस्या देखिएको जहाजका यात्रुलाई भद्रपुर पठाउन अर्को जहाजको तयारी भइरहेको बुद्ध एयरले बताएको छ ।
यस घटनाका कारण उडानमा केही समयका लागि अवरोध भएको भए पनि सबै यात्रुहरू सुरक्षित रहेको बुद्ध एयरले स्पष्ट पारेको छ ।