काठमाडौँ — आज त्रिभुवन विश्वविद्यालयले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा ५०औँ दीक्षान्त समारोह आयोजना गरेको छ । समारोहमा १४ हजार ३ सय ८ विद्यार्थी दीक्षित हुँदै छन् ।
सोही संख्यामा अभिभावकको समेत सहभागिता हुने जनाइएको छ । स्नातकतर्फ ९ हजार ६८, स्नातकोत्तर ५ हजार ५५, एमफिलतर्फ ६३ र विद्यावारिधि (पिएचडी) तर्फ १२२ जना विद्यार्थी दीक्षित हुँदै छन् ।
समारोहमा २०८० असारदेखि २०८१ असार मसान्तसम्म पास भएका ७४ हजार १४९ विद्यार्थीसहित ६२औं ग्रेस लिष्टमा भएका विद्यार्थीसमेत दीक्षित हुँदै छन् । समारोहमा विभिन्न १७ वटा विधिका पुरस्कार वितरण गरिने छ ।