प्रधानमन्त्री केपी शर्मा ओली मित्रराष्ट्र चीनको चार दिने औपचारिक भ्रमण सम्पन्न गरेर आज स्वदेश फर्किनु भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरुको प्रश्नको उत्तर दिँदै । तस्बिरः रत्न श्रेष्ठ/रासस

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका पूर्वप्रधानमन्त्री डा. मनमोहन सिंहको निधन भएकामा गहिरो शोक व्यक्त गरेका छन् ।

नेपाल र भारतको आपसी हितका विषयमा सिंहसँग भएका संवाद सम्झिरहेको उल्लेख गर्दै सामाजिक सञ्जाल फेसबुकमा नेतासिंहसँगको आफ्नो तस्बिर पनि प्रधानमन्त्री ओलीले सार्वजनिक गरेका छन् ।

“मित्रराष्ट्र भारतका पूर्वप्रधानमन्त्री, प्रतिष्ठित अर्थशास्त्री, मेरा मित्र डा. मनमोहन सिंहको ९२ वर्षको उमेरमा निधन भएको छ । नेपाल र भारतको आपसी हितका विषयमा उहाँसँग भएका संवादहरु सम्झिरहेको छु ।फेसबुकमा प्रधानमन्त्री ओलीले लेखेका छन्  दिवङ्गत मनमोहन सिंहप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु”।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय