हेटौंडा : मकवानपुरमा सवारी दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चितवन  निवासी अन्दाजी ४०/४१ वर्षीय सानु लो तामाङ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता श्यामु अर्यालले जानकारी दिए ।

शुक्रबार बिहान ०८:१५ बजे बकैया गाउँपालिका–५ झाँक्रीडाँडा नजिकको निर्माणाधीन तराई–काठमाडौं द्रुतमार्ग खण्डतर्फ हात्तिसँडेबाट ग्राबेल लिएर जाँदै गरेको ना ८ ख २४३० नम्बरको ट्रिपर दुर्घटना भएको थियो ।

मृतक तामाङ सोही ट्रिपरका चालक हुन् । ट्रिपर अनियन्त्रित भई सडकबाट २५/३० मिटर तल खोल्सामा खस्दा चालकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!