जनकपुरधाम– सीता-राम विवाहपञ्चमी महोत्सवअन्तर्गत पाँचौँ दिन आज (बिहीबार) मटकोर विधि सम्पन्न भएको छ । आज जनकपुरधामस्थित गंगासागर पोखरीमा मटकोर विधि सम्पन्न भएको हो ।

आज जानकी मन्दिरको प्राङ्गणबाट बाजागाजासहित बिहेको वेदी बनाउन गंगासागर पोखरीमा माटो ल्याउन पुगेका थिए । मटकोर विधिको क्रममा लगिएको माटोबाट सीता-राम विवाहका लागि मडवा निर्माण गरिने छ । पोखरीबाट जानकी मन्दिर भित्र्याइएको माटोले सीता(राम विवाहका लागि वेदी तयार गर्ने चलन छ ।

सप्ताहव्यापी कार्यक्रम विवाह पञ्चमी महोत्सव अन्तर्गत पहिलो दिन नगर दर्शन, दोस्रो दिन फूलबारी लीला, तेस्रो दिन धनुष यज्ञ, चौथो दिन तिलकोत्सव र आज मटकोर विधि सम्पन्न भएको छ ।महोत्सवको छैटौँ दिन भोलि (शुक्रवार) स्वयम्वर एवं वैवाहिक कार्यक्रम र अन्तिम दिन शनिवार राम कलेवा विधिसँगै विवाह पञ्चमी महोत्सव सम्पन्न हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!