विराटनगर ।  सुनसरी प्रहरीले गाँजासहितको गाडी नियन्त्रणमा लिनका लागि गोली चलाएको छ । प्रहरीले धरानमा चार राउण्ड गोली चलाएर गाँजा बरामद गरेको हो ।

प्रहरीले *६९० किलो गाँजासहित दुई वटा गाडी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुनसरी प्रवक्ता डीएसपी रामप्रसाद तिमल्सिनाले बताए । दुई गाडीका चालक मध्ये एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

धनकुटाबाट गाँजा लिएर धरान तर्फ आउँदै गरेको गाडी रोकेर चेकजाँच गर्ने क्रममा प्रहरीले गोली चलाएको हो ।

(यसअघि समाचारमा बरामद भएको गाँजाको परिमाण ६४१ किलो उल्लेख भएकाले सच्याइएको छ । सं.)

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!