काठमाडौं– युनाईटेड अरब इमिरेट्स(युएई) मा आजबाट सुरु यु १९ एसिया कपको पहिलो खेलमा नेपालले श्रीलंकाविरुद्ध टस

युएईको सारजहा क्रिकेट स्टेडियममा नेपालका कप्तान हेमन्त धामीले टस जितेर बलिङ रोजेका हुन् ।

प्रतियाेगितामा पहिलो खेल्दै गरेका दुवै देश जितका साथ प्रतियोगिताको सुरुवात गर्न चाहन्छन् । क्यानले पूर्व राष्ट्रिय क्रिकेटर शक्ति गौचनलाई टोलीको प्रमुख प्रशिक्षक र धिरेन्द्र चन्दलाई सहायक प्रशिक्षक जिम्मेवारी दिएको छ ।

एसिया कपमा नेपालले दोस्रो खेलमा मंसिर १६ गते बंगलादेशको सामना गर्नेछ । समूह चरणको तेस्रो तथा अन्तिम खेलमा मंसिर १८ गते अफगानिस्तानसँग खेल्नेछ।

नेपालको प्लेइङ-११

हेमन्त धामी(कप्तान), अर्जुन कुमाल, आकाश त्रिपाठी, उत्तम थापा, मयन यादव, नरेन साउद, युनिस विक्रम सिंह ठकुरी, नरेन भट्ट, सन्तोष यादव, युवराज खत्री र रोशन विक

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय