काठमाडौँ । काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनका लागि सरकारद्वारा गठित फोहोर व्यवस्थापन उच्चस्तरीय समितिको बैठक आज बसेको छ।

सहरी विकास मन्त्री प्रकाशमान सिंहसहितको उपस्थितिमा बैठक आज बिहान सहरी विकास मन्त्रालयमा बसेको हो।

बैठकले विभिन्न निर्णय गरेको र केही बेरमा सार्वजनिक हुने बताइएको छ। यसैबीच उक्त बैठकमा काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) भने उपस्थित भएनन्।

बैठकमा ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जनसहित प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, सहरी विकास मन्त्रालयका सचिवलगायत सहभागी भएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय