सिरहा । प्रजातन्त्र ल्याउन योगदान पुर्याएका नेताहरुको जिल्ला भेलाले प्रजातान्त्रिक सेनानी संघ गठन गरिएको छ ।
नेपाली काँग्रेस पाटीसगँ समर्थित प्रजातन्त्रिक सेनानीहरुको भेलाले सिरहामा संघ गठन गरिएको हो । भेलाले प्रजातान्त्रिक सेनानी राम कुमार यादवको सभापतित्वमा ११ सदस्यीय प्रजातान्त्रिक सेनानी संघ जिल्ला कार्य समिति सिरहा गठन गरेको छ ।

प्रजातन्त्रिक सेनानी संघको उपसभापतिमा मागैन साह, सचिवमा गोपाल साह चयन भएको पूर्व मधेश प्रदेश सभा सदस्य नरेश कुमार यादवले जानकारी दिएका छन् । प्रजातान्त्रिक सेनानी संघको सदस्यहरुमा रमेश गजुरेल, अशोक साह, ओम प्रकाश साह, मो. समसुदिन, माया देव चौधरी, जुगेश्वर यादव, गोविन्द ढकाल र सीमा झा चयन भएको उनले बताए ।

प्रजातान्त्रिक सेनानी संघका पदाधिकारी र सदस्यहरुलाई नेपाली कांग्रेसका पूर्व कोषाध्यक्ष सिता देवी यादवले खादामाला लगाएर बधाई दिदै प्रजातन्त्र प्राप्तीका लागि गरेको योगदान नेपाली काँग्रेसले कहिल्यै भुल्न नहुने बताएकी छिन् । व्यवस्था परिवर्तनमा प्रजातान्त्रिक सेनानीको ठूलो भुमिका रहेको बताउँदै नेपाली कांग्रेसका पूर्व कोषाध्यक्ष एवं नेतृ सितादेवी यादवले प्रजातन्त्र सेनानीहरुको भूमिकालाई नेपाली काँग्रेसले सधै सम्मान गनुपर्ने बताईन् ।

यस्तै महाधिवेशन प्रतिनिधिमा शिवराम यादव, शितल प्रसाद यादव र भागवत साह छनौट गर्दै समाप्त भएको थियो । भेला राम कुमार यादवको अध्यक्षतामा भएको थियो भने प्रमुख अतिथी पूर्व कोषाध्यक्ष सिता देवी यादव, विशिष्ठ अतिथी नेपाली कांग्रेसका केन्द्रिय सदस्य पदम नारायण चौधरी, पूर्व मधेश प्रदेश सभा सदस्य नरेश कुमार यादव, केन्द्रिय सदस्य प्रजातन्त्र सेनानी अमर रेग्मी, नेपाली काग्रेसका जिल्ला कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु लगायतका नेताहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!