सिरहा । ईलाका प्रहरी कार्यालय मिर्चैयाले ५ सय ७ किलो गाँजा नष्ट गरेको छ ।
जिल्लाको मिर्चैया नगरपालिका–७ स्थित रहेको जीवा खोलामा ईलाका प्रहरी कार्यालय मिर्चैयाले विभिन्न मिति र समयमा पक्राउ गरेको प्रतिबन्धित लागू औषध गाँजा करिब ५ सय ७ किलो गाँजा नष्ट गरिएको ईलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ ।


जिल्लाको कर्जन्हा, मिर्चैया, गोलबजार, धनगढीमाई र लहान नगरपालिकाको उत्तरीभेगको पहाडी क्षेत्र लगायत विभिन्न क्षेत्रमा गाँजा उत्पादन हुँदै आएको छ ।

त्यहाँ उत्पादित गाँजा भारततिर लैजाने गरिएको पाइएको छ । ढुवानीकै क्रममा प्रहरीले गाँजा बरामद गर्दै आएको छ ।



