सिरहा (मिर्चैया)  । सिरहाको मिर्चैया बजारमा महेन्द्र राजमार्गको छेउमा राखिएको नालामा एक पुरुषको लास फेला परेको छ ।
आज (शुक्रबार) करिब ३ः३० बजे तिर मिर्चैयाको थाना चोक देखि पूर्व महेन्द्र राजमार्गको छेउमा राखीरहेको नालामा लास फेला परेको हो ।

जिल्लाको कल्याणपुर नगरपालिका–१ अर्नमा बस्ने कुशे कामतीको २६ वर्षीय छोरा नितेश कामती गाउँमा महाकाल भन्ने काले बिहीबार राति काठमाडौं बाट घर आउदैखेरी रातिको समयमा मिर्चैयामा राखिएको नालाको सल्यापमा लास फेला परेको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ ।

मृतक नितेश कामती केही दिनदेखि काठमाडौंमा मजदुरीको काम गर्दै आएको परिवारजनको भनाई रहेको छ । मृतकको शव परिक्षणको लागि प्रादेशिक अस्पताल सिरहा लगिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय