मकवानपुर — मकवानपुर प्रहरीले चोरीका विभिन्न घटना संलग्न आठजनालाई बिहीबार सार्वजनिक गरेको छ । असोज २२ गते हेटौंडा सिमेन्ट उद्योगबाट तार चोरी भएसँगै घटनामा संलग्नलाई पक्राउ गर्न लागेको मकवानपुर प्रहरीले ५ वटा चोरीको घटनामा संलग्न आठजनालाई नियन्त्रणमा लिएको हो ।

प्रहरीले हेटौंडा सिमेन्ट उद्योगबाट चोरी भएका बिजुलीको तारसहित ३ जना पक्राउ गरेको हो ।

हेटौंडा–९, लामसुरेस्थित हेटौंडा सिमेन्ट उद्योगको पश्चिमतर्फको रोपवेदेखि क्रसरसम्मको तामाको तारहरु काटेर चोरी गर्ने तीनजनालाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक विश्वराज खड्काका अनुसार चोरीमा संलग्न हेटौंडा–१२ का मनिराज थोकर, हेटौंडा–१३ का सन्तबहादुर तितुङ र भारत मोतिहारी जिल्ला चिरैया थाना–७ का दिलखुशकुमार साहलाई प्रहरीले पक्राउ गरेको छ । तार चोरीमा ७ जनाको संलग्ना रहे पनि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । अन्यको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ । उनीहरु उद्योग नजिकैको प्लटिङ गरेको जग्गामा तार लुकाएर हेटौंडा–४, वनविज्ञान अध्ययन संस्थान नजिकै कवाडीमा बिक्रीवितरण गर्दा पक्राउ गरिएको थियो । दिलखुश कुमार कवाडी पसल सञ्चालक हुन् । उनले तार खरिद गरेका थिए ।

प्रहरीले हेटौंडा–८, कर्णावती मार्गस्थित शिव गौतमको निर्माणाधीन घरबाट बिजुलीको तारहरु चोरी गर्ने सोही स्थानका २६ वर्षीय सुमन राई, २५ वर्षीय समिर घिमिरेलाई पक्राउ गरेको छ । उनीहरु कमाने बिन्दवासिनीस्थित निर्माणाधीन चर्चको भवनमा राति सुतेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो ।

हेटौंडा–८ क्याम्पास्थित हेटौंडा फन भिल्लाबाट साउण्ड सिस्टम १ थान र नगद २० हजार रुपैयाँ नगद तथा हेटौंडा–२ स्थित शान्तिटोलबाट राजेश थापा क्षेत्रीको ना.३ प ४७३ नम्बरको यामाहा कम्पनीको मोटरसाइकल पार्किङ गरी राखेको अवस्थामा चोरी गर्ने कमानेका २४ वर्षीय सुशान्त श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनी मोटरसाइकल चोरेर भागिरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको थियो ।

मकवानपुरगढी गाउँपालिका–२, शिखरकटेरीस्थित कान्तिलोकपथ सडकखण्डमा प्रदेश २–०१–००३ प ६१०५ नम्बरको मोटरसाइकल चालक कञ्चनपुर जिल्ला बेलडी–३ घर भइ फास्टट्र्याकमा वेल्डिङको काम गर्ने २४ वर्षीय राजेश्वर चौधरी र राहुल चौधरीलाई लेनडाँडाबाट ३७ किलो सेतो धातुको बिजुलीको तार चोरे हेटौंडातर्फ आउँदै गर्दा प्रहरीले पक्राउ गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!