सूर्यदर्शन सहकारीको रकम हिनामिना प्रकरणमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछाने र पूर्वडीआईजी तथा रविकै तत्कालीन साझेदार छविलाल जोशीको म्याद थप सम्बन्धी बहस जारी रहेको छ ।

कास्की जिल्ला अदालतका न्यायाशीध चन्द्रकान्त पौडेलको इजलासमा बहस चलिरहेको हो ।

म्याद थप भइरहँदा अदालत नजिकै रास्वपाका कार्यकर्ता र पीडितहरुले छुट्टाछुट्टै प्रदर्शन गरिरहेका छन् भने ति स्थानमा प्रहरीको बाक्लो उपस्थिति रहेको छ ।  रवि कात्तिक ६ र छवि असोज ६ मै काठमाडौँबाट पक्राउ परेका थिए ।

रास्वपा र सहकारी पीडितको प्रदर्शनले अवरोध हुनसक्ने भन्दै अदालत खुले लगत्तै उनीहरुलाई अदालतमा उपस्थित गराइएको हो ।

आइतबार अदालतले लामिछानेमाथि अनुसन्धान गर्न प्रहरीलाई ६ दिनको समय दिएको थियो । उक्त समय आजबाट सकिएपछि पुन म्याद थपका लागि अदालत लगिएको हो । लामिछानेलाई गत शुक्रबार काठमाडौं स्थित रास्वपा पार्टी कार्यालयबाट पक्राउ गरि पोखरा ल्याइएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय