राजविराज । सप्तरीको डाकनेश्वरी नगरपालिका–१ का वडाध्यक्ष पृतमलाल चौधरीको आइतबार मृत्यु भएको छ ।

गत स्थानीय तह निर्वाचनमा कांग्रेसबाट वडाध्यक्ष पदमा निर्वाचित ६० वर्षीय चौधरीको हृदयघातका कारण मृत्यु भएको डाकनेश्वरी नगर प्रमुख रामलखन मल्लाहले जानकारी दिए ।

वडाध्यक्षको मृत्युपछि डाकनेश्वरी नगरपालिकाले आइतबार नगरपालिका र मातहतका निकायमा शोक बिदा दिएको छ ।

कुल १० वडा रहेको डाकनेश्वरीमा यसअघि पनि एक जना वडाध्यक्षको मृत्यु भएको थियो । डाकनेश्वरी नगरपालिका–४ का वडाध्यक्ष हरिप्रसाद रायको गत वर्ष मृत्यु भएको हो। नगरपालिका–२ का वडाध्यक्ष रहमान मियाँ सामाजिक सुरक्षा भत्ता अपचलन गरेको आरोपमा अहिले कारागारमा छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय