पोखरा– रास्वपा सभापति रवि लामिछानेलाई आइतबार म्याद थपका लागि जिल्ला अदालत कास्की लैजाने भएपछि नेता कार्यकर्ता कालोपट्टी बाँधेर त्यहाँ पुगेका छन्।
जिल्ला प्रहरी कार्यालय कास्कीले हिरासतमा रहेका लामिछानेलाई म्याद थपका लागि अदालत लाने भएपछि सांसद तथा पूर्वमन्त्री सुमना श्रेष्ठ, चन्दा कार्कीसहितका नेता र कार्यकर्ता धर्ना दिन पुगेका क्यानडानेपालका सहकर्मी प्रदीप भण्डारीले जानकारी दिएका छन्।








