जनकपुरधाम । प्रदेश लोकसेवा आयोगले दोस्रो पटक कर्मचारी माग गरेको छ । प्रदेश २ मा कर्मचारी अभाव हुन नदिन आयोगले विभिन्न २८ पदमा कर्मचारी माग गरेका हुन् ।

कर्मचारी अभावमा प्रदेशको मन्त्रालयहरुको कार्यसम्पदानमा असर परेको मध्यनजर गर्दै सो संख्यमा कर्मचारी माग गरेको हो । आयोगले अप्राविधिकतर्फ नवौँ तहका अधिकृत ६ जना, स्वास्थ्य सेवा बाहेकका सेवातर्फ १२ जना र स्वास्थ्य सेवाका लागि १० जना कर्मचारी माग गरेको छ ।

आयोगले विज्ञापन गरेको पदका लागि असार १६ गतेसम्म आवेदनको मिति तोकेको छ । आयोगले विज्ञापन खुलाएका पदमा योग्यता पुगेका उम्मेदवारले दिएको दरखास्तपछि छनौट परीक्षा जनकपुरधाममा हुने जनाएको छ ।

यसयघि आयोगले कर्मचारी पदपुर्तिको लागि गएको मंसिरमा १८ जना कर्मचारी माग गरेका थिए । केन्द्रले निजामती ऐन नबनाएको खण्डमा प्रदेश लोकसेवा आयोगल कर्मचारी माग गरेको भन्दै आलोचना भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!