काठमाडौँ, २ कात्तिक : पक्राउ पर्नुअघि पार्टी कार्यालयमा भेला भएका नेता कार्यकर्तालाई सम्बोधन गर्दै सभापति लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को बनस्थलीस्थित पार्टी कार्यालयबाट शुक्रबार प्रहरी टोलीले रास्वपाका सभापति एवम् पूर्व उपप्रधानमन्त्री रवि लामिछाने पक्राउ पर्नुअघि पार्टी कार्यालयमा भेला भएका नेता कार्यकर्तालाई सम्बोधन गर्दै । तस्बिर : हरिराम भेटुवाल/रासस

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई आज आइतबार दिउँसो ३ बजे कास्की जिल्ला अदालतमा उपस्थित गराइने भएको छ । सहकारी ठगी प्रकरणमा पक्राउ परेका  लामिछानेलाई शुक्रबार काठमाडौंबाट पोखरा लगिएका थियो ।

कास्की प्रहरीका अनुसार हिरासतमा रहेका लामिछानेलाई आज दिउँसो ३ बजे अदालत पेश गर्ने तयारी भइरहेको हो ।

सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन तथा सङ्गठित अपराधमा शुक्रबार  पक्राउ परेका लामिछानेलाई सोही दिन राति पोखरा पुर्याएर जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा राखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय