काठमाडौँ- स्याङ्जाको आँधीखोलामा जिप दुर्घटना भएको छ। दुर्घटनामा ७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक हरिप्रसाद पौडेलले जानकारी दिए।

आँधीखोला गाउँपालिका-२, बेझाङ, भालेखर्कस्थित सडकमा सिरुबारीबाट पोखरातर्फ आउँदै गरेको ग१ज ५७५६ नम्बरको बोलेरो जिप दुर्घना भएको हो।

जिपको ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीको भनाइ छ। दुर्घटनामा घाइते हुनेहरूमा आँधीखोला गाउँपालिका ५ का ५० वर्षीय आत्माराम सिग्देल, ४ वर्षकी कलावती घिमिरे, ३२ वर्षकी सिर्जना चापागाईं, कास्कीको छोरेपाटन पोखराकी १६ वर्षकी अमना नेपाली, स्याङ्जा अर्जुन चौपारी ५ आरुचौरकी ५ वर्षीय शान्ति कुमारी सापकोटा, ६१ वर्षका शिव सिग्देल र कास्कीको पोखरा महानगरपालिका ११ की मनिषा नेपालीकी ३ वर्षीय छोरी सोफिया नेपाली रहेका छन्। मनिषालाई भने कुनै चोट नलागेको बताइएको छ।

घाइते सबैलाई उपचारका लागि सेतीदोभान स्वास्थ्य चौकी पठाइएको पौडेलको भनाइ छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!