काठमाडौँ : काठमाडौँ महानगरपालिका महानगर प्रहरी बलले बाढीपहिरोले सडक अवरुद्ध भएपछि बाटोमा अलपत्र यात्रुहरूलाई उद्धार गरेको छ।

काठमाडौँ महानगरपालिकाका अनुसार बाढीका कारण सडक भत्किएर यातायात सुविधाविहीन अलपत्र परेका यात्रुहरू भकुण्डे बेँसीदेखि महानगर प्रहरी बलले गन्तव्यमा पुग्न सहयोग गरेको छ।

महानगरपालिकाले हिजाे ४० जना महिला र ५१ जना पुरुष गरी ९१ जनालाई भकुण्डे बेँसीबाट धुलिखेलसम्म ल्याएको जनाएको छ।

केही दिनअघि परेको अविरल वर्षाले बाढीपहिरो जाँदा विभिन्न राजमार्ग अवरुद्ध छन्। जसकारण हजारौँ यात्रु बाटोमै अलपत्र परेका छन्। कतिपय पैदलयात्रामा आफ्नो गन्तव्यमा पुग्न बाध्य भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!