अविरल वर्षाका कारण आएको बाढी पहिरोले गर्दा ठाउँठाउँका सडकमा क्षति पुगेको छ । नेपाल प्रहरीका अनुसार विभिन्न ठाउँमा राजमार्ग अवरुद्ध भएको छ भने केही सडकमा एकतर्फी यातायात सुचारु भएको छ ।
पहिरोका कारण सिस्नेरी सडकखण्ड, त्रिभुवन विश्वविद्यालय सेवा आयोगअगाडिको सडक, बल्खु-फर्पिङ सडक, पृथ्वीफ राजमार्ग तथा लेले-टीकाभैरव जाने बाटो पूर्ण रूपमा अवरुद्ध भएको छ ।
त्यस्तै राँके-भेडेटार सडक, मध्य पहाडी लोकमार्गका ठाउँ-ठाउँमा पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध छ । त्यस्तै दिक्तेल गाईघाट सडक, मेची राजमार्ग, सिद्धिचरण राजमार्ग पनि पूर्ण रूपमा अवरुद्ध छ ।
उता पहिरोका कारण कान्ती लोकपथ, भीमफेदी-कुलेखानी-फाखेल-काठमाडौं, त्रिभुवन राजपथ, कुलेखानी-मार्खु सडक, सिस्नेरी दक्षिणकाली सडक, पासाङ ल्हामु राजमार्ग, बीपी राजमार्ग, पृथ्वी लोकमार्ग, अरनिको राजमार्ग, वनदेउ-चौतारा सडक, बाह्रबिसे-तातोपानी सडक तथा रामेछाप र सिन्धुली (खुर्कोट) सडक पनिप पूर्ण रूपमा अवरुद्ध छ ।
त्यस्तै कालिगण्डकी कोरिडोर, बेनी दरबाङ सडक र सिद्धार्थ राजमार्ग पूर्ण रूपमा अवरुद्ध छ भने पृथ्वी राजमार्गको केही भागमा एकतर्फ सुचारु भएको छ ।
त्यस्तै सिद्धार्थ राजमार्ग, पाल्पा-गुल्मी पक्की सडक, गोरुसिङ्गे-सन्धिखर्क सडक, रुकुम-घोराही शहीद राजमार्ग, तम्घास रिडी पक्की सडक, दाङ सल्यान सडक र कर्णाली कोरिडोर पूर्ण रूपमा अवरुद्ध छ । त्यस्तै पाल्पामा अवरुद्ध भएको सिद्धार्थ राजमार्ग भने एकतर्फी सुचारु भएको प्रहरीले जानकारी दिएको छ ।
कुन-कुन राजमार्ग अवरुद्ध, कुन-कुन खुल्यो ?