सिरहा । स्थानीय तह संस्थागत क्षमता स्वमुल्यांकनको गुणस्तर परीक्षणमा सिरहा नगरपालिका जिल्लाकै उत्कृष्ट पालिका बनेको छ ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको नतिजा अनुसार सिरहा नगरपालिका आर्थिक वर्ष २०७९/०८० को स्वमुल्यांकनमा जिल्लाकै उत्कृष्ट स्थानीय तह बन्न सफल भएको हो । स्थानीय तह संस्थागत क्षमता स्वमुल्यांकनमा १० वटा सूचकमा एक सय प्रश्नहरु रहेको छ ।

सिरहा नगरपालिकाले १० सूचकमध्ये शासकीय प्रबन्ध ८.५, संगठन तथा प्रशासन ५, वार्षिक बजेट तथा योजना तर्जुमा व्यवस्थापन ८.५, वित्तीय एवम् आर्थिक व्यवस्थापन १०, सेवा प्रवाह ११.५, न्यायीक कार्य सम्पादन ६.५, भौतिक पुर्वाधार ११.५, सामाजिक समावेशीकरण ७.५, वातावरण संरक्षण तथा विपद व्यवस्थापन ५.५, सहकार्य र समन्वय ३.२५ ल्याएको छ । सिरहा नगरपालिकाले ७७.७५ अंक ल्याएर उत्कृष्ट बनेको सिरहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बलिराम यादवले बताए ।

सम्पूर्ण कर्मचारीहरुको अथक मिहिनेत र प्रयासका साथै जनप्रतिनिधिहरुको सहयोगले सिरहा नगरपालिका जिल्लामै उत्कृष्ट हुन सफल भएको प्रमुख प्रशासकीय अधिकृत यादवले बताएका छन् ।

विभिन्न सूचकमा ९ देखि १६ अंकसम्म पूर्णांक तोकिएको हुन्छ । सरकारले आर्थिक वर्ष २०७६/०७७ देखि स्थानीय तहको संस्थागत स्वमूल्यांकन सुरु गरेपछि देशभरका मूल्यांकन कार्य हुने गरेको छ ।

कुन पालिकाको कति अंक
जिल्लामा १७ स्थानीय तह रहेकोमा सिरहा नगरपालिका उत्कृष्ट भएपछि अन्य पालिकाको स्वमुल्यांकनको अंक मिर्चैया नगरपालिका दोस्रो स्थान हासिल गरेको छ । यस्तै बरियारपट्टी गाउँपालिका तेस्रो स्थान हासिल गरेको छ । मिर्चैयाको ७५।७५ र बरियारपट्टीको ७२.५० अंक रहेको छ । ९ गााउँपालिकामध्ये बरियारपट्टी पहिलो हुन सफल भएको छ ।

यस्तै धनगढीमाई नगरपालिका ६६.५०, सखुवानन्कारकट्टी गाउँपालिका ६४.२५, सुखीपुर नगरपालिका ५९.७५, नरहा गाँउपालिका ५१.२५ र लहान नगरपालिकाले ५१ अंक ल्याएको छ । यस्तै अनर्मा गाउँपालिका ५०.७५, औरही गाउँपालिका ५०.७५, विष्णुपुर गाउँपालिका ४९.५०, कल्याणपुर नगरपालिका ४८.५०, गोलबजार नगरपालिका ४७.२५, लक्ष्मीपुर पतारी गाउँपालिका ४५.२५, कर्जन्हा नगरपालिका ४४, भगवानपुर गाउँपालिका ३८.७५ र नवराजपुर गाउँपालिका सवैभन्दा कम २२.७५ अंक पाएर पुछारमा रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!