काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (मसाल) निकट विद्यार्थी संगठन अखिल छैठौंको २३औँ राष्ट्रिय सम्मेलन आजदेखि दाङमा सुरु हुँदैछ।
आजदेखि नयाँ नेतृत्व चयनलगायतका विषयमा रहेर हुन लागेको सम्मेलनको उद्घाटन पार्टी अध्यक्ष एवम् सांसद चित्रबादुर केसीले गर्न लागेको अखिल छैठौंका केन्द्रीय अध्यक्ष देवेन्द्र कुँवरले बताए।

अध्यक्ष कुँवरका अनुसार सम्मेलन १२ गतेसम्म चल्नेछ। जसमा अखिल छैठौंमा आवद्ध देशभरका विद्यार्थीहरूको सहभागिता रहनेछ।




