सिरहा । चाडपर्वको मौसम शुरु भएसंगै पर्वलाई लक्षित गरी सिरहा सदरमुकामका बजार अनुगमन शुरु गरेको छ । बजार अनुगमन गर्दा अधिकांश पसलहरु बन्द देखिएका थिए ।
बजार अनुगमनको सूचना चुहिएपछि अधिकांस ब्यापारीहरुले ब्यापार गर्ने कागजात भएपनि कुनै न कुनै इस्युको फन्दामा पर्ने त्रासले पसल बन्द गरिएको स्थानिय ब्यापारिहरुको भनाइ रहेको छ । जिल्ला प्रशासन कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, राजविराज, सिरहा उद्योग बाणिज्य संघ, सिरहाको संयुक्त अनुगमन टोलीले मूल्य सूची नराखेको, म्याद गुज्रेका खाद्य पदार्थ बिक्री वितरण गर्ने पसलहरुलाई अनुगमन गरेको हो ।

सदरमुकाम सिरहामा रहेका किराना तथा खाद्यान्न पसल, होटल, पेय पदार्थ पसलमा अनुगमन गरिएको हो । अनुगमन गर्ने क्रममा धेरैजसो पसलमा व्यवसाय अनुमतिपत्र नलिई सञ्चालन गरेको, मूल्यसूची नराखेको, पसलको बोर्ड नराखिएको, म्याद गुज्रेको सामान, लिकेज ब्रेकेज सामान राख्ने ठाउँ नराखिएको पाइएको थियो ।

बजार अनुगमन राद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, राजविराजका प्रमुख बिक्रम लिम्बु, जिल्ला प्रशासन कार्यालयका नायब सुब्बा विकास सिंह प्रधान, जिल्ला प्रहरी कार्यालयका इन्सपेक्टर धरर्मेन्द्र कुमार यादव, उधोग वाणिज्य संघ सिरहाका प्रथम उपाध्यक्ष प्रकाश कुमार जैन, दोश्रो उपाध्यक्ष मो. शेख ईमरान, महासचिव सत्य नारायण महतो, सदस्य सोनू कुमार महरा लगायत स्थानिय संचारकर्मीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!