सिरहा। सिरहामा छोरा र बुहारीको कुटपिटबाट एकजनाको मृत्यु भएको छ।

घरायसी विवादको क्रममा लाठी प्रहारबाट औरही गाउँपालिका–३ खजनपुर बस्ने ६५ वर्षीय भालेश्वर यादवको सोमवार राति मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डिएसपी मुक्ति सापकोटाका अनुसार जेठा छोरा ३८ वर्षीय शैलेन्द्रकुमार यादव र उनका श्रीमती रेणु कुमारी यादवले सोमवार साँझ भालेश्वरलाई कुटेका थिए।

‘देवरानी जेठानीबीच झगडा भैरहँदा उनले दुबैजनामाथि कराएछन । झगडा नगर्न भन्दा भनाभन भयो त्यसै क्रममा छोरा बुहारीले लाठीले हानेपछि उनी गम्भीर घाइते भएछन,’ उनले भने ।

प्रादेशिक अस्पताल सिरहामा सामान्य उपचार पश्चात थप उपचारको लागि नोबेल अस्पताल विराटनगर लैजाने क्रममा राति करिब १२ बजे बाटोमै भालेश्वरको मृत्यु भएको हो ।

पक्राउ परेका शैलेन्द्र र उनी श्रीमती रेणुविरुद्ध कर्तव्य ज्यान मुद्धामा सिरहा जिल्ला अदालतबाट दिन ५ दिनको म्याद थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!