संविधान देशको मुल कानुन हो। यो संविधान बनाउनका निम्ति धेरैले आफ्ना आफन्त समेत गुमाए र धेरै वर्षको मेहनत, त्याग र तपस्याबाट यो संविधान हामिले पाएका छौं।
हो म मान्छु यो संविधान अपुरो छ, यसमा धेरै छिद्रहरु छन्, कैयौं वर्ग र समुदायले चाहेको जस्तो अधिकार पाएनन्। यसका साथै संविधान गतिशील दस्तावेज हो, जसलाई समय र समाज अनुरुप संशोधन गर्दै लग्न सकिन्छ, भन्ने समेत हामिले बुझ्नु पर्छ।
यसको अर्थ राज्यबाट जनता मार्नु जायज थियो, भन्ने होईन, यस कुरामा राज्य चुकेकै हो, भन्ने पनि मान्नुपर्छ। र ती समुदाय र परिवारबाट राज्यले माफी माग्नुपर्छ।
आफ्नै नागरिकहरुले सामुदायिक करार मार्फत सुनिश्चित गरिएको अधिकार माग्दा सहिद बनाउनु भनेको ढल्दै गरेको राज्यको बिशेषता हुने गर्दछ। त्यसर्थ नेपाल सरकारले हाम्रो पिडित समुदायसँग छलफल र समन्वय गरी बिशेष अधिकार प्रदान गर्नुपर्दछ् । सम्पुर्ण सहिदहरु प्रती हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै सम्पुर्ण नेपाली जनमा संविधान जारी भएको दिनको सम्झना एवं शुभकामना 🇳🇵

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!