जनकपुरधाम । मधेश प्रदेश सरकारले पहिलो पटक औपचारिक रुपमा विभिन्न कार्यक्रमको आयोजना गरी संविधान दिवस मनाएको छ।
मधेश प्रदेश सरकारको गृहमन्त्रालयको आयोजनामा बिहीबार बिहान रामानन्द चौकबाट प्रभातफेरी निकाली बाजागाजासहित महेन्द्रनारायण निधी मिथिला संस्कृति केन्द्रमा पुगेर कोणसभामा परिणत भएको छ।
प्रभातफेरीमा मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डल, गृहमन्त्री राजकुमार लेखीलगायतका मन्त्री, सुरक्षा निकायका प्रमुख, विभिन्न कलेजका विद्यार्थीहरुको सहभागिता रहेको थियो।
मधेस सरकारद्वारा संविधान दिवसको अवसरमा आयोजित प्रभातफेरीमा मुख्यमन्त्री सतिशकुमार सिंहलगायत केही दलका मन्त्रीहरु भने अनुपस्थित थिए।
यता, मधेसवादीले भने संविधान दिवस नमनाउने निर्णय गरेको छ।