सिरहा । सिरहा नगरपालिकाकाे आयाेजनामा जिल्ल प्रहरी कार्यालय सिरहा, जिल्ला बाल संजाल सिरहा,प्रदेश युवा संजाल मधेस प्रदेश, मुक्त नेपाल, समग्र जन उत्थान केन्द्र,दलित जन कल्याण युवा क्लव,लाईफ नेपाल इन्सेक लगायतका संयुक्त सहकार्यमा ६० औं राष्ट्रिय बाल दिवस २०८१ को अवसरमा नगरस्तरीय वक्तित्वकला प्रतियोगीता सम्पन्न भएको छ ।
‘बालबालिकामा लगानी : सुनिश्चित भविष्यको थालनी’ विषयक वक्तित्वकला प्रयोगीतामा सिरहा नगरपालिकाभित्र रहेका निजी तथा सामुदायिक विद्यालयमा अध्ययनरत १५ जना छात्र/छात्राहरुले भाग लिएका थिए ।
उक्त प्रतियोगीतमा एभरग्रीन एकेडमीका प्रशंसा झा प्रथम, मोर्निङ्गपर्लका आरती सिन्हा दोश्रो र सिधार्थ शिशु निकेतनका सृष्टि कुमारी यादव तेश्रो स्थान हासिल गरेको समग्र जन उत्थान केन्द्र लहानका रामभरोसी महतोले बताए ।
प्रतियोगीताको निर्णायक समितिमा सिरहा नगरपालिका शिक्षा शाखाका प्रमुख कासिन्द्र यादव, शिक्षक देवशरण यादव र समाजसेवी अनिरुद्र ठाकुर रहेको उनले जनाए । बिजेताहरुलाई काँपी, प्रमाण पत्र र कप प्रदान गरेको उनले प्रष्ट पारे ।
बालबालिकाको हकाधिकार र सचेतनामुखी अभियानमा क्रियाशिल भएर योगदान गर्दै आएको कुरालाई मूल्यांकन गर्दै सिरहा नगरपालिका–१२ सारश्वर निवासी युवा अभियन्ता मो.नईम राईनलाई दोसल्ला ओढाउनुका साथै प्रमाण पत्र प्रदान गरेर सम्मान गरे ।
सिरहा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत बलिराम यादवको अध्यक्षतामा भएको उक्त कार्यक्रममा बाल अधिकार, बालश्रम न्यूनीकरण, बालस्वास्थ्य तथा बाल शिक्षालाई मजबुति बनाउने सन्दर्भ झल्काउदै सरोकारवालाहरुले आ–आफ्नो विचार व्यक्त गरेका थिए ।